आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जना बालकको जिवितै उद्दार

  • प्रकाशित मिति : बिहिबार, भदौ ३१, २०७८



  • रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट ६–७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ ।

    अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उहाँको उपचारका लागि तामाकोसी अस्पताल लगिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij