आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गायब भएका तालिबानका संस्थापक टेलिभिजन अन्तरवार्तामा देखिए

  • प्रकाशित मिति : बिहिबार, भदौ ३१, २०७८



  • काठमाडौं। केही दिनदेखि गायब भएका तालिबानका संस्थापक तथा अहिलेको अन्तरिक सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गन बरादर बुधबार एक टेलिभिजन अन्तरवार्तामा देखिएका छन् । यस क्रममा उनले तालिबानको सहयोगी हक्कानी नेटवर्कसँगको झडपमा आफू घाइते भएको कुरा असत्य भएको बताएका छन् ।

    पछिल्लो समय केही मिडिया रिपोर्टमा मुल्ला बदादर र हक्कानी नेटवर्कका एक नेताबीच विवाद भएको र उनीहरुका सहयोगीहरुबीच झडप भएको दावी गरिएको थियो । केही रिपोर्टमा झडपमा बरादर घाइते भएको दावी गरिएको थियो भने अन्य केही रिपोर्टमा यो झडपमा बरादर मारिएको हुन सक्ने समेत दावी गरिएको थियो ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार कतारको दोहास्थित तालिबानको राजनैतिक कार्यालयको तर्फबाट यो भिडियो जारी गरिएको हो । भिडियोमा बरादर अफगानिस्तानको सरकारी च्यानललाई अन्तरवार्ता दिइरहेका देखिएका छन् । बरादरले भने ‘यी खबरहरु गलत छन् । म पूरै ठिक र स्वस्थ छु ।’

    बरादरले भने ‘मिडियामा दावी गरिएको छ कि हामीबीच आन्तरिक विवाद छ । यो सत्य होइन । हामीबीच यस्तो केही पनि छैन ।’ यो भिडियो क्लिपमा बरादर एउटा सोफामा बसेका देखिएका छन् । उनको छेउमा अन्तरवार्ता लिने व्यक्ति पनि बसेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij