आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रामेछाप दुर्घटना अपडेट : दम्पतीसहित तीन जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, भदौ ३१, २०७८



  • रामेछाप । जिल्लामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ३–०१–०२३ च ३५९३ नम्बरको जीप सदरमुकाम मन्थलीनजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

    बिहिबार बिहान साढे ९ बजे भएको दुर्घटनाम ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ खिजिफलाटेका ३५ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती ३२ वर्षीया फुर्वा शेर्पा र ३६ वर्षीय वाङ्छु शेर्पा रहेका छन् । जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    मन्थली नगरपालिका–६ को कुनौरीस्थित बोक्सेको पहरामा आइपुग्दा बलेरो भीरबाट करिब ६ सय मिटर तल खसेको रामेछाप प्रहरीले जनाएको छ । शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij