आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जंगली जनावरका लागि बिछाइएकाे विद्युतीय धरापमा परि तीन जनाकाे मृत्यु

  • प्रकाशित मिति : शनिबार, अशोज २, २०७८



  • काठमाडौं । जंगली जनावर धपाउन बिछाइएको विद्युतीय धरापमा परि तीन जनाले ज्यान गुमाएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का एकै परिवारका तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ठाकुरबाबा ३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजू ४३ वर्षीया बलमतीको गएराति १२ बजे ज्यान गएको हो।

    धानखेतमा करेन्ट प्रवाह गरेको अभियोगमा उनका छिमेकीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    स्थानीयका अनुसार धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पु¥याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij