आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज इन्द्रजात्रा पर्व मनाइँदै, अपरान्ह बसन्तपुरमा हुने विशेष समारोहमा राष्ट्रपति सहभागी हुने

  • प्रकाशित मिति : आइतवार, अशोज ३, २०७८



  • काठमाडौं । आज इन्द्रजात्रा पर्व । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

    यस क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको छ । इन्द्रजात्राकै अवसरमा लाखे नाच, पुलुकिसी नाच प्रदर्शन गरिन्छ ।

    त्यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ । यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउन थालिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij