आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्याङ्जामा जीप दुर्घटना हुँदा छ जना घाइते, तीनको अवस्था गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, अशोज ५, २०७८



  • स्याङ्जा । जिल्लाको चापाकोटमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

    चापाकोट नगरपालिका–७ पाङ्लुङ्गबाट हरिनास गाउँपालिका–६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

    घाइते हुनेहरुमा स्याङ्जा हरिनास गाउँपालिका ६ का जीप चालक २२ का वर्षीय अशोक कुमार मानन्धर र सहचालक ३० वर्षीय तीर्थ नारायण मानन्धर, पाल्पाको रामपुर नगरपालिका ५ की ५२ वर्षीय ज्ञानुमाया राना, रामपुर ४ का ३७ वर्षीय खुम बहादुर क्षेत्री, १८ वर्षीय सरिता मानन्धर, ३७ वर्षीय विना थापा रहेका छन् ।

    घाइतेमध्ये अशोक, ज्ञानु र खुमबहादुरलाई रामपुर अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र रामपुर अस्पतालमा उपचार भइरहेको छ ।
    जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij