प्रकाशित मिति : मङ्लबार, अशोज ५, २०७८
बागलुङ । बागलुङमा गएराती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको छ भने ६० वर्षीय सहबीर नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली घाईते भएका छन् । उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij