आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव एक सातापछि भेटियो

  • प्रकाशित मिति : बुधबार, अशोज ६, २०७८



  • पोखरा । तनहुँमा एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला परेको छ । शुक्लागण्डकी ८ को सेती नदीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा गतसाता सेतीमा खसेर बेपत्ता भएकी स्थानिय १९ वर्षीया युवती पवित्रा लम्सालको शव फेला परेको हो ।

    सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा नदीमा खसेर बेपत्ता भएकी लम्सालको शब भिमाद ७ स्थित सेती किनारामा भेटिएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए । प्रहरी वरिष्ठ उपरिक्षक केसीका अनुसार उनको शव आज बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो ।

    सेतीमा हाम फाल्नु अघि उनी आफ्ना दुई साथीलाई टिकटक बनाउने बहाना बनाएर त्यहाँ पुगेकी थिइन् । उनी नदीमा खसेपछि संगै गएका साथीहरुले स्थानिय मार्फत प्रहरीलाई खबर गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij