आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जर्मनीमा आज आमचुनाव, मर्केलको १६ वर्षे शासन अन्त्य हुँदै

  • प्रकाशित मिति : आइतवार, अशोज १०, २०७८



  • एजेन्सी । जर्मनीमा आज संघीय संसदका लागि मतदान हुँदैछ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुने भएकाले यो निर्वाचनलाई अलि बढी महत्वकासाथ हेरिएको छ ।

    मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ । ६ करोड मतदाता रहेको चुनावम अघिका मत सर्वेक्षणहरुले पनि स्पष्ट तस्बीर देखाउन सकेका छैनन् ।

    ६८ बर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छन् । नयाँ चान्सलरका लागि तीन जनाको नाम चर्चामा छ । सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिण्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर अहिले चर्चामा छन् ।

    उनीहरूबीच कडा प्रतिष्पर्धा हुने र संसदको तल्लो सदन बुन्डेस्ट्यागमा कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् ।

    कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij