आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शाहरुख खानका छोरा आर्यन तीन दिनसम्म हिरासतै रहने

  • प्रकाशित मिति : मङ्लबार, अशोज १९, २०७८



  • काठमाडौं । लागुपदार्थ कारोबारको आरोपमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन आगामी तीन दिनसम्म नार्कोटिक कन्ट्रोल ब्यूरोको हिरासतमा रहने भएका छन् ।

    किला अदालतमा सोमबार भएको सुनुवाइमा ब्यूरोले सात दिनको समय माग गरे पनि अनुसन्धानका लागि अदालतले तीन दिनको समयसीमा दिएको हो । आर्यनको फोनमा अन्तर्राष्ट्रिय लागुऔषध कारोबारसँग सम्बन्धित तस्वीर र सामग्री भेटिएको ब्यूरोको दाबी छ ।

    ब्यूरोको हिरासतमा आर्यनन खान र अरबाज मर्चेन्टसँग सोधपुछ गरिएको थियो । सोधपुछपछि ब्यूरोले फरक–फरक स्थानबाट कैयौंलाई पक्राउ गरेको थियो ।

    आर्यनमाथि लागु औषध सेवन, कारोबार गरेको आरोप लगाइएको छ । तर, उनका वकिलले भने आर्यन लागु औषध सेवन नगरेको दावी गर्दै आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij