प्रकाशित मिति : मङ्लबार, अशोज १९, २०७८
जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्वमा मौका पारी बजारमा अत्यधिक मुल्यवृद्धि तथा कृत्रिम अभाव र अस्तव्यस्त बजारलाई लक्षित गर्दै प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले सकृय रुपमा बजार अनुगमन गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
समितिले आज हेटौंडा उपमहानगरपालिका सहित लगायत अन्य स्थानीय तहका ९५ वटा खाद्यान्न तथा किराना पसल,होटल,रेष्टुरेन्ट र औषधी पसलमा अनुगमन गरेको छ । जसमध्ये ५७ वटा खाद्यान्न तथा किराना पसल रहेका छन् । सो व्यवसायको अनुगमन गर्दा खरिद बिल पेश नगरेको एक पसललाई १५ हजार रुपैंया जरिवाना गरिएको जिप्रका मकवानपुरका प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिए ।
अन्य पसललाई भने मुल्य सूची प्रष्ट ठाउँमा राख्न साथै ग्राहकलाई बिल दिन र भिडभाड नगरि माक्स समेत प्रयोग गर्न सुझाव दिएको उनले बताए ।
त्यस्तै समितिले एक होटललाई दश हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले जिल्लाका २७ वटा होटल,रेष्टुरेन्टको अनुगमन गर्दा सरसफाई र मूल्यसूची नराखेको भन्दै सो होटललाई जरिवाना गरिएको प्रशासकीय अधिकृत न्यौपानेले बताए । साथै अनुगमन समितिले फर्मासिष्ट नराखी औषधी विक्री गर्ने एक औषधी पसलमा ताला लगाइएको र एक औषधी पसललाई १५ हजार रुपैंया जरिवाना गरिएको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij