आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी संसद भवनमा भएको हमलामा पूर्व राष्ट्रपति ट्रम्प फस्दै

  • प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८



  • President Donald Trump smiles during a meeting with Canadian Prime Minister Justin Trudeau during the G-7 summit, Friday, June 8, 2018, in Charlevoix, Canada. (AP Photo/Evan Vucci)

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा भएको आक्रमणबारे जारी छानविनमा ह्वाइट हाउसका गोप्य कागजात उपलब्ध नगराउन गरेको आग्रहलाई राष्ट्रपति जो बाइडेनले अस्विकार गरेका छन् ।

    गत जनवरी ६ तारिखमा अमेरिकाको संसद भवन क्यापिटल बील्डीङमा ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए । उक्त दिन अमेरिकी संसदले राष्ट्रपति निर्वाचनको परीणाम अनुमोदन गर्ने कार्यसूची थियो । राष्ट्रपतिमा बाइडेनको जितलाई रोक्न ट्रम्पले उक्साएपछि उनका समर्थकहरु संसद भवनमा प्रवेश गरेका थिए ।

    सोही घटनामाथि अहिले संसदिय समितिले छानविन गरिरहेको छ । उक्त समितिले सो दिन राष्ट्रपतिको रुपमा ट्रम्पले गरेका निर्णयहरुसहित ह्वाइट हाउसका सम्पूर्ण कागजात मागिरहेको छ । ट्रम्पले भने आफुले कार्यकारी प्रमुखको रुपमा गरेक निर्णयहरु गोप्य राख्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

    तर बाइडेनले उहाँको मागमा सहमती नजनाएपछि अब ह्वाइट हाउसले सम्पूर्ण कागजात छानविन समितिलाई सम्पने भएको छ । जारी छानविनमा ट्रम्पका पूर्व कर्मचारीसहित केही विश्वाश पात्रहरुमाथि उजुरी दर्ता गरिसकिएको छ । छानबिनमा असहयोग गर्नेलाई सिधै जेल हालिने संसदीय समितिको धम्की छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij