आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

  • प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८



  • एजेन्सी । साउदी अरेबियाको जाजन शहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् ।

    यमनसंग सिमाना जोडिएको उक्त शहरको विमानस्थलमा शुत्ररबार राती हमला भएको हो । ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना वंगलादेशी र एक जना सुडानीको मृत्यु भएको र विमानस्थको भौतिक क्षति पनि ठूलो भएको जनाइएको छ ।

    घाइतेहरु मध्ये ५ जनाको अवस्था अज्ञात रहेको र पाँच जना सामान्य घाइते भएको पनि साउदी अधिकारीहरुलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।

    आक्रणको जिम्मा अहिलेसम्म कसैले नलिए पनि साउदी अरब नेतृत्वको सुरक्षा फौजमाथि निशाना लगाउँदै आएको यमनको हुथी फोर्सको हात रहेको अनुमान गरिएको छ । गत अगष्टमा पनि सोही विमानस्थलमा ड्रोन आक्रमण भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij