आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने राष्ट्रपति सीको प्रतिज्ञा

  • प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८



  • एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने प्रतिज्ञा गर्नुभएको छ । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो ।

    राजतन्त्र अन्त्य भएको १ सय १० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनःएकीकरणको मार्ग पछ्याउने बताउनुभयो ।

    चीनको पुनःएकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको भन्दै उहाँले आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरूको दुःखद अन्त्य हुने चेतावनी दिनुभयो ।

    हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनः एकीकरण गर्न चाहेको उहाँले बताउनुभयो । अहिले हङकङलाई चीनले आफ्नो दावी गर्दै आएको छ भने हङकङ स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ ।

    राष्ट्रपति सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र बाह्य हस्तक्षेप अस्वीकार्य हुने पनि प्रस्ट पार्नुभयो । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो ।

    राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरूको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न नहुने बताउँदै राष्ट्रपति सीले कुनै पनि हालतमा चीनको पुनः एकीकरण गरिने दाबी गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij