आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घान्द्रुक दुर्घटना : काठमाडौँबाट दसैँमा घुम्न गएका ८ जनाको मृत्यु, सबैको सनाखत

  • प्रकाशित मिति : सोमवार, अशोज २५, २०७८



  • closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

    कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेको प्रहरीले जनाएको छ ।

    दसैँ बिदामा घुम्न काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुबाट आएका विद्यार्थीलाई लिएर नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    दुर्घटनामा २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको र आठ जना मृतकको सनाखत भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुने जिप चालक अन्नपूर्ण गाउँपालिका–५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् । यस्तै काठमाडौँ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाका मृतकहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी विकले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij