आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङको वंगचुली क्षेत्र आन्तरिक पर्यटनको केन्द्र बन्दै

  • प्रकाशित मिति : मङ्लबार, अशोज २६, २०७८



  • दाङ । प्यूठानको माण्डवी र दाङको बंगचुली गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ऐतिहासिक,धार्मिक,पर्यटकीय स्थल बंगलाचुली लेक पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको छ । कोरोना भाइरसको संक्रमण मत्थर नहुँदै बंगलाचुलीमा आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको हो।

    चिसो हावापानी,हरियाली र प्यूठानको धार्मिक स्थल स्वर्गद्धारी र हिमालसगँ दक्षिणतीर तराईका विभिन्न फाँटहरु यहाँबाट देख्न सकिने भएकोले बंगाचुली पर्यटकको केन्द्र बनेको हो । अहिले बंगचुलीमा सातै दिन पर्यटकको घुईचो देख्न सकीन्छ ।

    समुद्री सतहदेखी १८ सय मिटरको उचाईमा रहेको यो स्थानमा पुग्न दाङको मुर्कुटीबाट कच्ची बाटो छिचोल्दै उकालो चढ्पछि बंगाचुली लेक पुग्न सकिन्छ । विभिन्न भौतिक संचनाहरु भ्यू–टावर, प्रतीक्षालय, नाचघर, पार्क, भ्यू–टावर संरक्षणकालागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्कीबाटो लगायतका संरचनाहरु निर्माण गरिएसगँै आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको हो ।

    यस लेकबाट प्यूठान,रोल्पा, दाङका केहि स्थानसहित भारतको गोरखपुर समेत देखिने र गर्मी छल्न पर्यटकहरु यो लेक पुग्ने गरेका छन् । करिब दुई सय ५० रोपनी क्षेत्र रहेको यो ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिब दुइ करोड पचास लाख रुपैयाँ खर्च भई सकेको छ । सामुदायिक वन क्षेत्रमा पर्ने यो ठाउँलाई दुई जिल्लाकै नमुना पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले काम भैईरहेको छ ।

    दुइ जिल्लाको सिमानामा पर्ने यस पर्यटकीय क्षेत्रको बिकासका लागी प्यूठानको माण्डवी र दाङको बंगलाचुली गाउँपालिकालेसंयुक्त रुपमा दश करोड रुपैया लगानी गर्ने भएकाछन् । बंगलाचुली लेकमा अन्य भौतिक संरचना निर्माण गरि प्रचारप्रसार गर्न सके आन्तरिकका साथै बाह्य पर्यटकलाई आकर्षित गर्न सकीने थियो । त्यसैले यस ठाउँको पर्यटकीय बिकासकोलागि स्थानीयबासिन्दा जागरुक हुन् पर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij