प्रकाशित मिति : मङ्लबार, अशोज २६, २०७८
काठमाडौं । मंगलवार अचानक कर्णाली नदीको पानी सुकेपछि स्थानिय डराए । नदीमा पानी सुकेपछि स्थानिय माछा मार्न कर्णालीमा झरे । बाजुरास्थित जुड्डीको भिरमा सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले पहिरोका कारण कर्णाली नदी सुकेको जानकारी दिए।
मंगलबार बिहान कर्णाली नदी साविकको सतहभन्दा १० देखि १५ मिटर तल झरेको देखेपछि स्थानिय डराएका थिए । नदी एक्कासी सुकेपछि स्थानीय त्र सि त भएका छन्। नदी घटेसँगै स्थानीय माछा संकलनका लागि जुटेका छन्।
पहिरो खोलेर नदीमा बाढी आउने जोखिम रहेको भन्दै सतर्क रहन प्रहरीले स्थानीयलाई आग्रह गरेको छ। विहान पानीको सतह निकै घटेको भएपनि अहिले भने केही बढेको छ। हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij