आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपत्यकामा खसी बोकाको बिक्री कम हुँदा व्यापारी निरास

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा खसी बोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् ।

    कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैं मनाउन गएकोले काठमाडौंमा खसी बोका व्यापार कम भएको बताएका छन् ।

    खसी बोकाको व्यापारमा काठमाडौंका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरुले परलमोल नै उठाउन नसकेको गुनासो गरेका छन् ।

    काभ्रेबाट खसि बोका बिक्री गर्न भन्दै बबरमहलमा आउनुभएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताउनुभयो । गत वर्ष ३ सय खसि बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उहाँले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताउनुभयो ।

    व्यापारी लामाले भन्नुभयो, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि,खाने मान्छे नै नभएको हो कि ?महंगोले पनि होला,मैले साढे तीनसय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपाली सय वटाबाँकी नै छ, मैले ६ सयदेखि ६५० सम्ममा बिक्री वितरण गरिरहको छु ।’

    त्यस्तै धादिङबाट खसी बोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आउनुभएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताउनुभयो । उहाँले यस पटक खसि किनेको परलमोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गर्नुभयो । उहाँले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति नभएको बताउनुभयो ।

    चौलागाइँले भन्नुभयो, ‘पहिला महंगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यपारीहरु सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यपारीहरुमा नै प्रतिष्पर्धा भयो, पोहोर आजका दिनसम्म खसि किन्नेहरुले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन, अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्, हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ । ३५,४० वटा बेचिसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरुलाई त छँदै छ, ग्राहकहरुसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसि किन्नु ।’

    उहाँले कोरोना महामारीले गर्दा खसी बोका बिक्री वितरण हुन नसकेको बताउनुभयो । बाहिरबाट खसिबोका र च्यांग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij