आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तरकारी टिप्न जाँदा नालामा डुबेर बुद्धभूमिमा एक महिलाको मृत्यु, एक बेपत्ता

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७८



  • कपिलवस्तु। तरकारी टिपेर फर्किँदै गर्दा नालामा डुबेर कपिलवस्तुमा १ जनाको मृत्यु भएको छ । आज बुधवार भएको घटना परी बुद्धभुमी नगरपालिका वडा नं १० ढडिहवा बस्ने वर्ष ३२ को सिता थारुको शव फेला परेको छ । यसै गरी सोही ठाउँका वर्ष १२ की सिर्जना थारु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् ।

    उनीहरू सहित ३ जना दिनको १ बजे तरकारी टिप्नका लागि घर देखि निस्किएका थिए । नाला पारी जाँदा पुलको बाटो भएर निस्किए पनि फर्किने बेला सजिलोको लागि नाला तरेका थिए । निरन्तरको बर्सातको कारणले पानीको सतह बढे पछि नालाको गहिराईमा डुबेको स्थानीय दया शंकर केवटले बताए । बेपत्ता बालिकाको खोजीको लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र स्थानीय सहितको टोली खटिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij