प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७८
काठमाडौं : नेपाली चलचित्रमा चर्चित बलिउड अभिनेताले सुनिल सेट्टीले अभिनय गर्ने भएका छन्। नेपाली चलचित्र ‘एक्स ९’मा उनले अभिनय गर्ने भएका हुन्।
चलचित्रका निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेता सेट्टीले अभिनय गर्न सहमति भएको जानकारी दिएका छन्। केही समयपछि नै अभिनेता सेट्टीले घोषणा गर्ने भन्दै नेपालमा स्वागत रहेको भट्टले फेसबुकमार्फत बताएका छन्।
अभिनेता सेट्टीलाई भेटेरै अभिनयको अफर राखिसकेको उनले बताए। यसअघि चलचित्र ‘लप्पन छप्पन’ निर्देशन गरेका भट्टको यस चलचित्रमा अनमोल केसी, पुष्प खड्का लगायतको अभिनय रहनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij