प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७८
बिनिता शर्मा, दाङ।
दाङको तुलसीपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा घोराही उपमहानगरपालिका–१० निवासी २८ वर्षीय प्रेम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका परिवारलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डी एस पी श्याम अर्यालले परियारलाई बसले च्यापेको बताए । जेसिभीको सहयोगमा उद्धार गरी उनलाई अस्पताल पु¥याइएको अर्यालले बताए ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरमा बेलुका सवा ५ बजे दुर्घटनामा परेको थियो । मोतिपुरको ओरालोमा बस सडकदेखि तल खस्दा त्यसमा सवार थप २१ जना यात्रु घाइते भएको इलाका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरुको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij