आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोकिएको महाधिवेशन प्रक्रियालाई गति दिने प्रयासमा कांग्रेस

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरुसँग छलफल गर्दैछ । पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो ।

    महाधिवेशन कार्यतालिकाअनुसार गत भदौं १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भइसकेका छन्। तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भएको ६४ जिल्लामध्ये हालसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ वटा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

    दसैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए तापनि रसुवामा अधिवेशन प्रक्रिया नै शुरु भएको छैन । त्यस्तै, प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेतमा पनि अधिवेशन प्रक्रिया शुरु भएको छैन । रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अहिलेसम्म मिलेको छैन ।

    बाँकी ११ जिल्लामा अधिवेशन प्रक्रिया शुरु गर्नेबारे हिजो केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिकाको खाका तयार गरेको छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सोही खाकाबारे आज पदाधिकारीसँग छलफल गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij