आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महाधिवेशन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री देउवा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७८



  • काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने बताउनुभयाे । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ ।’ निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको बताउदै उहाँले भन्नुभयाे ‘समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुन्छ ।’

    कसैको पनि कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हुँदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।’

    पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउनुभयाे । प्रधानमन्त्री देउवालेभन्रुभयाे ‘पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मतरूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित–हारबाट दुश्मनी नबढोस् ।’ उहाँले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij