आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफ्रिकी मुलुक सिअरा लियोनमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, कार्तिक २१, २०७८



  • एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सिअरा लियोनको राजधानी फ्रिटाउन नजिकै व्यस्त बजारमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ९१ जना मारिएका हुन । अन्य थुप्रै गम्भीर घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    इन्धन भरिएको ४० फिट लामो ट्यांकर अर्को एक ट्रकसँग जुध्दा उक्त घटना भएको हो । सिअरा लियोनका राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीका सूचना अधिकारी मोहमद लाम्राने बहले घटनास्थलमा उद्धार कार्य जारी रहेको बताएका छन् ।

    घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय मिडियाहरुले ट्याङ्कर वरपरका सडकहरूमा नराम्ररी जलेको शवहरू देखाएका छन् । राष्ट्रपति जुलियस माडा बायोले एक ट्वीट गर्दै जीवनको भयावह क्षतिले आफु विचलित भएको बताउनु भएको छ । उहाँले पीडित परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij