आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जलवायु परिवर्तन रोक्न माग गर्दै ग्लास्गो शहरमा विशाल विरोध प्रदर्शन

  • प्रकाशित मिति : आइतवार, कार्तिक २१, २०७८



  • एजेन्सी । विश्व जलवायु सम्मेलन भईरहेको स्कटल्याण्डको ग्लास्गो शहरमा हजारौंले प्रदर्शन गरेका छन् ।

    जलवायु परिवर्तन गराउने गतिविधि रोक्नका लागि आवश्यक कदमहरु चाल्नु पर्ने माग गर्दै वातावरणवादी संघसंस्था र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका हुन् ।

    विश्वभर नै वातावरणको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले दबाव बढाईरहेको बेला ग्लास्गोमा एक लाख बढी मानिसले प्रदर्शन गरेका हुन । जुन जलवायु परिवर्तन रोक्ने अभियानमा सवैभन्दा ठूलो प्रदर्शन हो ।

    प्रदर्शनका क्रममा रिभरक्लाइड शहरको सडकमा साङ्लो बनाएर उभिएका २१ जना वैज्ञानिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलायतका अन्य शहरहरुमा पनि जलवायु परिवर्तनको मुद्धा सम्बोधनको माग गर्दै प्रदर्शन भएका छन् ।

    विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाएका विश्वभरका करीब १५ हजार वैज्ञानिकहरुले पनि जलवायु क्षेत्रलाई न्याय गर्न आकस्मिक कदमहरु चाल्न ढिला भईसकेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij