आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७८



  • लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ। दुई जना बिरामी भएका छन्।

    साग भनेर धतुरोको तरकारी खादा ८३ पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीकाे बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएकाे छ। दुबै जना उपचारपछि घर फर्किएका छन्।

    आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी कार्कीले बताए। उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij