आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसिया–प्रशान्त क्षेत्रमा शीतयुद्धको अवस्था आउनहुँदैन : राष्ट्रपति सी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७८



  • एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा शीत युद्धजस्तो अवस्था उत्पन्न हुन नहुने बताउनु भएको छ ।

    न्यूजिल्याण्डमा जारी एसिया–प्रशान्त इकोनोमिक कोअपरेशन एपेकको सम्मेलनमा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति सीले भू–राजनीतिक स्तरमा यो क्षेत्रलाई स–साना गुटमा बाँड्ने प्रयास असफल हुने चेतावनीसमेत दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘एसिया–प्रशान्त क्षेत्रमा संघर्षको अवस्था वा शीतयुद्धको जस्तो मतभेदको अवस्था बन्नु हुन्न ।’

    राष्ट्रपति सीले चीनले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध रहेको र सबै मुलुकलाई फाइदा हुने अवस्था सिर्जना होस् भन्ने चाहेको उल्लेख गर्नुभयो ।

    उहाँले कोरोना महामारीबाट बाहिर निस्कन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै देश मिलेर काम गर्न अपिल गर्नुभयो ।

    सीले विकासोन्मुख देशहरुलाई कोरोनाको खोपको पहुँचमा पु¥याउन र खोपको खाडल छिटोभन्दा छिटो भर्ने कुरामा चीन गम्भीर रहेको समेत बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij