आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाकाे मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७८



  • काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको छ ।

    ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै मोटरसाइकलमा सवार अर्का नाम थर वतन खुल्न नसकेको अन्दाजी ३०/३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    यस्तै पैदलयात्रीलाई समेत ठक्कर दिँदा पैदलयात्री सप्तरी कञ्चनरुप नगरपालिका–१ बरमझिया बस्ने १९ वर्षका रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएकाले स्थानीय धर्मेश्वर अस्पतालमा उपचार गरी थप उपचारका लागि विराटनगरतर्फ लगिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि बस र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij