आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्यास लाइन काट्ने बेलारुसको धम्की, ग्यासको भाउ चर्किने आशंका

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७८



  • एजेन्सी । बेलारुस हुँदै युरोपमा आप्रवासीहरुको ओइरो लाग्ने आशंका बढिरहेको बेला बेलारुसले आफू विरुद्ध थप नाकाबन्दी लगाए युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ ।

    विभिन्न देशबाट बेलारुस पुगेका आप्रवासीहरुलाई पोल्याण्ड, लिथुआनिया र लाट्भियातिर जान प्रोत्साहित गरेको भन्ने युरोपेली युनियनको आरोप खेपिरहेको बेलारुसले ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएको हो ।

    बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले आफूहरुमाथि थप नाकाबन्दी भए त्यसको जवाफ दिने बताउनुभएको छ । “हामीले युरोपलाई तातो दिईरहेका छौं तर उनीहरु हामीलाई धम्क्याउँदैछन्– लुकासेन्कोले भनेका छन्–हामीले ग्यास बन्द गरिदियौं भने के हुन्छ ? पहिल्यै सोच ।” युरोपेली देशहरुमा प्राकृतिक ग्यासको आपूर्ति मूख्यगरी रुस र उसका छिमेकी देशहरुबाट हुन्छ ।

    तर रुस हुदै युरोप पुग्ने ग्यासलाइनको बाटो भने बेलारुस हो । बेलारुसको धम्कीपछि युरोपमा ग्यासको आपूर्तिमा संकट आउन सक्ने र मूल्य चर्किने आशंका गरिएको छ । युरोपेली युनियनले लुकासेन्कोको धम्कीबाट नतर्सिन भने पनि विश्लेषकहरुले भने धम्कीलाई गम्भीर रुपमा लिन सुझाव दिएका छन् ।

    बेलारुसलाई थप कठीन अवस्थामा धकेल्ने हो भने उसले जनाउने अवश्यंभावी प्रतिक्रियाले युरोपलाई समस्यामा पार्नसक्ने चेतावनी स्वतन्त्र विश्लेषकहरुले दिएका छन् । युरोपेली युनियनले आगामी सोमबारसम्ममा बेलारुस विरुद्ध थप नाकाबन्दी घोषणा गर्ने संभावना रहेको बताइएको छ ।

    खाशगरी आप्रवासीहरु बोकेका विमानहरुलाई बेलारुस जानबाट रोक्न आकाश मार्ग नदिने संभावना रहेको छ । रुसी विमान कम्पनी एरोफ्लोटका विमानहरुलाई बेलारुस जानबाट पनि रोक्ने युरोपको योजना रहेको बताइएको छ । टर्किस एअरलाइन्सले इराक, सिरिया र यमनबाट बेलारुस जानेहरुका लागि टिकट विक्री बन्द गरिसकेको छ भने इराकले बेलारुप पुगेका आफ्ना नागरिकहरुलाई फर्काउन विमानहरु पठाउने बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij