आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जसलाई कपडाका कारण पुलिसले कुट्यो, कस्तो कपडा लगाएकी थिइन् ?

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७८



  • काठमाडौं । मलेसियामा एक ट्रान्सजेंडर मोडललाई धार्मिक कार्यक्रममा हिजाब लगाएका कारण प्रताडित गरिएको छ । उनीमाथि इस्लामको अपमान गरेको आरोप लगाइयो । पछि उनलाई गिरफ्तार गरियो । अवस्था यस्तो भयो कि उनले देश छोडेर भाग्नुपर्यो ।

    ३६ वर्षकी मोडलको नाम नूर सजत कमरुज्जमान हो जो सामाजिक संजालमा निकै लोकप्रिय छिन् । उनी अस्ट्रेलियाबाट माइग्रेट भएर मलेसिया आएकी थिइन् । तर, केही समयअघि उनले धार्मिक कार्यक्रममा हिजाब लगाएपछि विवाद भयो जसका कारण उनी देश छोडेर अस्ट्रेलिया भागेकी छिन् । मलेसियाली अधिकारीहरुले नूरको तुरुन्त प्रत्यार्पणको माग गरेका छन् । यदि उनीविरुद्ध केस चल्यो र उनी दोषी ठहरिइन् भने उनलाई ३ वर्षसम्म जेल सजाय हुन सक्छ ।

    नूरले २०१८ मा आयोजित एक निजी धार्मिक कार्यक्रममा मुस्लिम महिलाहरुले जस्तै हिजाब लगाएकी थिइन् । उनले यसको तस्वीर सामाजिक संजालमा पोस्ट गरिन् । त्यसपछि विवाद सुरु भयो । मलेसियाली अधिकारीहरुका अनुसार नूर एक पुरुष हुन् र इस्लामिक कानुन अनुसार पुरुषले महिलाको कपडा लगाउन पाइँदैन । नूर एक ट्रान्सजेंडर महिला हुन् । उनलाई शरणार्थीको दर्जा दिइएको थियो ।

    बीबीसीसँग कुरा गर्दै नूरले मलेसियाको सेलंगोर राज्यमा धार्मिक मामिलाको विभाग जैसका अधिकारीहरुले आक्रमण गरेपछि उनीसँग भाग्नुबाहेक अरु विकल्प नभएको बताइन् । जैसले उनीविरुद्ध इस्लामको अपमानको आरोप लगाएको थियो । नूरले भनिन् ‘म भाग्नुपर्यो । मसँग कठोर व्यवहार गरियो । मेरा मातापिता र परिवारको अगाडि मलाई कुटियो, हथकडी लगाइयो । मैले लज्जाबोध गर्नुपर्यो । मैले उनीहरुलाई सहयोग गरें तर उनीहरुले मलाई प्रताडित गरे ।’

    मलेसियाका धार्मिक मामिलाका मन्त्री इदरिस अहमदले भने ‘यदि उनी देशमा आउन तयार छन् र गल्ती स्वीकार गर्छिन् भने कुनै समस्या छैन । हामी उनलाई दण्डित गर्न चाहँदैनौं हामी केवल उनलाई शिक्षित गर्न चाहन्छौं ।’ अर्का उक मुस्लिम नेताले भने ‘मेरो लागि नूर एक अलग मामिला हो । उनले कैयौं यस्ता काम गरेकी छन् जसले धार्मिक व्यक्तिहरुलाई प्रतिक्रिया दिनको लागि उक्साएका छन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij