आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेदरल्याण्ड्समा कोरोना मापदण्डप्रति सर्वसाधारण ओक्रोशित

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८



  • एजेन्सी । नेदरल्याण्ड्समा कोरोना संक्रमण नियन्यत्रणका लागि सरकारले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेपछि आक्रोशित बनेका सर्वसाधारण र प्रहरीबीच झडप भएको छ ।

    झडपले उग्र रुप लिंदा राजधानी आम्स्टरडमलगायतका शहरमा दंगा भड्किएको छ । प्रहरीले प्रदर्शनकारीहरुमाथि चेतावनीस्वरुप हवाई फायर गरेपछि सर्वसाधारण झन उग्र बनेका छन् । उनीहरुले मध्य रातमा ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।

    त्यस क्रममा आधा दर्जन प्रहरी घाइते भएको र दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । शक्रुबार राती पनि ठाउँ ठाउँमा प्रदर्शन भएकोमा प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौंलाई नियन्त्रणमा लिएको थियो ।

    नेदरल्याण्डले कोरोना संक्रमण तीब्र बनेपछि आंशिक लकडाउनको नीति अवलम्बन गरेको छ । खोप नलगाएकाहरुलाई घरमै सीमित गर्ने सरकारी नीतिको विरोधमा शान्तिपूर्ण प्रदर्शन हुदै आएकोमा शनिबार अपरान्हदेखि विरोध आक्रोशमा परिणत भएको हो ।

    प्रहरीले जथाभावी पक्राउ गर्ने, पसलेहरुलाई दुब्र्यवहार गर्ने र बाटो हिंड्नेहरुलाई मनपरी चेकजाँच गर्ने गरेपछि सर्वसाधारण आक्रोशित बनेका हुन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij