आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महाधिवेशनले विधान र जनवादको दिशालाई सम्बोधन गर्न सकेन : भीम रावल

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७८



  • काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनले विधान र जनताको बहुदलीय जनवाद (जबज)को दिशालाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

    दशौं महाधिवेशनको बन्द सत्रपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रावलले महाधिवेशन व्यवस्थित नभएको र दिउँसो हुनुपर्ने सम्पूर्ण कामहरु राति भएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो ।

    नेता रावलले आफू केन्द्रीय कमिटी सदस्य नरहेको उल्लेख गर्दै सपथ नलिनुको कारण खुलाउनुभयो । साथै उहाँले पार्टीमा अबको भूमिकाको विषयमा पछि सोच्ने बताउनुभयो ।

    पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij