आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४ वर्षकी रियल लाइफ मोगली गर्ल, जो खतरनाक जनावरहरुको बीचमा जंगलमा बसिन्

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७८



  • काठमाडौं । रियल लाइफ मोगली गर्न करिना चिकितोभा एक पटक फेरि चर्चामा छिन् । चिकितोभा अहिले ११ वर्षकी भइन् । उनी प्रतिष्ठित याकुत बालेट स्कुलमा अगाडिको पढाइको लागि छनोट भएकी छिन् । साइबेरियाको जंगलमा खतरनाक ब्वाँसाहरु र भालुहरुको बीचमा १२ दिन बिताएकी चिकितोभालाई मोगली गर्ल भनेर चिनिन्छ ।

    चिकितोभा २०१४ मा विश्वभर चर्चित भएकी थिइन् । त्यतिबेला उनी खुंखार जंगली जनावरले भरिएको साइबेरियाको जंगलमा १२ दिन बताएपछि जीवितै भेटिएकी थिइन् । जतिबेला उनी जंगलमा हराएकी थिइन् त्यतिबेला उनको उमेर केवल ४ वर्ष थियो । डेलीस्टारको रिपोर्टअनुसार जंगलमा हराउकी करिनाको साथमा एउटा पाल्तु कुकुर पनि थियो ।

    उनी जंगलमा कुकुरसँग घाँसमा सुत्थिन् र जीवित रहनको लागि जंगली जामुन खान्थिन् । निकै खोजी गरेपछि उनलाई करिब २ हप्तापछि जंगलबाट जीवितै बाहिर निकाल्ने अभियान सफल भएको थियो । उद्धार टिमका सदस्य अर्टोम बोरिसोभका अनुसार उद्धार टोलीले फेला पार्दा उनी धाँसको बीचमा बसेकी थिइन् र पूरै चुप थिइन् । उनले भने ‘सुरुमा मैले उनलाई देखिन तर जब उनले मलाई हेरिन् र आफ्नो हात फैलाइन् त्यसपछि मेरो ध्यान गयो ।’

    बोरिसोभले अगाडि भने ‘मैले उनलाई उठाएँ । उनी निकै सानी र हल्का थिइन् । उनको खुट्टामा जुत्ता थिएनन् । उनको अनुहार, हात र खुट्टामा लामखुट्टेले टोकेका घाउहरु थिए । उनी निकै डराएकी थिइन् । उनले सबैभन्दा पहिले पानी र खानेकुरा मागिन् अनि निकै रोइन । मैले पनि मुस्किलले आँसु रोक्न सकें ।’

    त्यतिबेलादेखि चिकितोभालाई रियल लाइफ मोगनी गर्न भन्न थालियो । उनका विषयमा एउटा किताब पनि लेखियो । फिल्म निर्माणको कुरा पनि भइरहेको छ । चिकितोभाको एक दिन मस्कोको बोल्शोइ थिएटरमा प्रस्तुती दिने सपना छ । याकुत ब्यालेट स्कुलमा भर्ना भएपछि उनले यस दिशामा एक कदम अगाढि बढाएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij