आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज बालाचतुर्दशी : पितृहरुको सम्झनामा विभिन्न तीर्थस्थलहरुमा सतबिज छरिदै।

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७८



  • काठमाडौं । आज बालाचतुर्दशी पर्व । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन दिवंगत वितृको सम्झनामा सतबीज छरेर यो पर्व मनाईन्छ । पुशपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि सतबिज छर्नेहरुको भिड लागेको छ ।

    बालाचतुर्दशी पर्वको पूर्वसन्ध्यामा हिजो साँझदेखि नैं पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । हिजो त्रयोदशीका दिन बेलुकीदेखि दिवंगत पितृका नाममा भक्तजनहरू अखण्ड दीपदान गरी बसेका थिए ।

    रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा सतबीज छरेका हुन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजनहरु पशुपति आउँछन् ।

    आफ्नो परिवारभित्र दिवंगत व्यक्तिको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा सतबीज छर्ने गरिन्छ । सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो पर्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij