आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजतन्त्र बोकेको पुरस्कार आज पाइयो-कमल थापा

  • प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७८



  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनु भएको छ ।

    अध्यक्षमा पराजित भएपछि फेसबुकमा एक पोस्ट गर्दै थापाले यस्तो बताउनु भएको हो ।

    फेसबुकमा उहाँले लेख्नुहुन्छ, ‘प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

    निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गर्नुभएको छ । अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताउनु भएको छ ।

    ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,’ थापाले भन्नुभएको छ ।

    उहाँले आफूलाई राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाउनु भएको छ ।

    थापाले सामाजिक सन्जाल फेसबुकमा अगाडि लेख्नुहुन्छ, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij