आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत-पाकिस्तान छुट्याउने रेखामा जन्मिइन् ‘सीमा’

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७८



  • अत्तरी । सन् २०२१ को डिसेम्बरमा भारत र पाकिस्तानको सीमामा शिशु जन्मिएकाे छ । पाकिस्तानी महिलाले दुई देशकाे अत्तरी सीमामा शिशु जन्माएकी हुन् । र, बच्चाकाे नाम सीमा राखिएकाे छ । शिशु जन्मिएकाे क्षेत्र अत्तरीमा शिशुका अभिभावकसहित ९७ जना पाकिस्तानी ७१ दिनदेखि बिचल्लीमा परेका छन् ।

    दुई देशकाे सीमामा शिशु जन्मिएकाेले उसकाे नाम पनि सीमा राखिएकाे शिशुका अभिभावक निम्बु बाई र बलाम रामले बताए । बलामका पुर्खा भारतकाे पञ्जाब प्रान्तकाे रजनपुर जिल्लाबाट पाकिस्तानमा बसाइ सरेका थिए ।

    निम्बु बाइ गर्भवती थिइन् । २ डिसेम्बरमा उनलाई प्रसुति व्यथा लागेकाे थियाे । निम्बुलाइ सहयाेग गर्न पन्जाबबाट केही मानिस अत्तरीमा अ‌ाएका थिए । बच्चा जन्माउन स्थानीयले पनि सहयाेग गरेका थिए ।

    बलरामसँगै अन्य ९८ जना धार्मिक भ्रमणाका क्रममा लकडाउनअघि भारत अ‌ाएका थिए । भारत भ्रमणका क्रममा उनीहरुले केही अ‌ाफन्तजनहरुसँग पनि भेट गरेका थिए । तर, अ‌ावश्यक कागजातकाे अभावमा उनीहरु फर्किन पाएका थिएनन् । उनीहरुमध्ये ४७ जना बालबालिका छन् । ती मध्ये ६ जना भारतमा जन्मिएका हुन् । उनीहरु सबै एक बर्ष मुनिका छन् ।

    रामबाहेक अर्का पाकिस्तानी नागरिक लग्या राम पनि त्रिपालमै बसेका छन् । उनले पनि गत वर्ष जाेधपुरमा पुत्र जन्माएका थिए, जसकाे नाम भारत राखिएकाे छ । लग्या जाेधपुरमा अ‌ाफ्ना भाइलाई भेट्न जाेधपुर अ‌ाएका थिए, तर उनी पाकिस्तान फर्किन पाएका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij