आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अभिनेत्रीहरुमा बोल्ड फेशन ट्रेण्ड, धमाधम ब्रालेस फोटोसुट गर्दै

  • प्रकाशित मिति : बिहिबार, पुस १, २०७८



  • काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरुमा ब्रालेस फेशन ट्रेण्ड देखिएको छ । अभिनेत्रीहरु यसरी फोटोसुट गराउन आकर्षित भएका छन् । बलिउड अभिनेत्रीदेखि टेलिभिजन अभिनेत्रीहरुले समेत यो ट्रेण्ड पच्छ्याइरहेका छन् । उफी जावेददेखि प्रियंका चोपडासम्मले ब्रालेस फोटो शेयर गरेका छन् ।

    टेलिभिजन अभिनेत्री रिम शेखले हालै सामाजिक संजालमा तस्वीर शेयर गरेकी छिन् जसमा उनी ब्रालेस देखिएकी छिन् । कालो पाइन्ट र सुटमा बोल्ड देखिएकी रिमले केवल ब्लेजर लगाएकी छिन् । उनको यो तस्वीर चर्चाको विषय बनेको छ ।

    इशा गुप्ताले पनि आफ्ना बोल्ड फोटोहरुले सामाजिक संजालमा चर्चा बटुल्छिन् । हालै इशा अबु धाबीमा प्रि एफवन च्याम्पियनशिपमा गएकी थिइन् । यसको लागि उनले सुटमा ब्रालेस लुक अपनाइन् ।

    टेलिभिजनकी स्टाइल आइकन उफी जावेदले पनि ब्रालेर फेसन ट्रेण्ड पच्याएकी छिन् । उनले त एकभन्दा धेरै पटक ब्रालेस लुकमा फोटो शेयर गरेकी छिन् ।

    प्रियंका चोपडाले पनि केही समयअघि ब्रालेस फोटो शेयर गरेकी छिन् । प्रियंकाले सेतो धोती र गुलाबी ज्याकेटमा फोटो शेयर गरेकी छिन् जसमा उनी ब्रालेस छिन् ।

    टेलिभिजन अभिनेत्री संजीदा शेखले पनि केही समयअघि इन्स्टाग्राममा भिडियो शेयर गरेकी थिइन् । प्लंजिङ नेकलाइन ड्रेसमा उनी पनि ब्रालेस देखिएकी थिइन् । यो लुकका कारण उनलाई ट्रोल पनि गरियो ।

    टेलिभिजन अभिनेत्री निया शर्मा पनि बोल्ड पोज दिन निकै अगाडि छिन् । केही समयअघि उनी गुलाबी ज्याकेटमा ब्रालेस देखिएकी थिइन् । नियाको यो लुकले सामाजिक संजालमा निकै चर्चा पाएको थियो ।

    बिग बोस १४ फेम निक्की तंबोलीले पनि आफ्नो लुकमा निकै ध्यान दिन्छिन् । उनले एउटा म्यागजिनको कभरको लागि ब्रालेस पोज दिएकी थिइन् । म्यागजिनको कभर उनले आफैं शेयर गरेकी थिइन् ।

    अभिनेत्री मौनी रोय पनि फेशनमा सक्रिय छिन् । केही समय मौनीले जिन्स र ओलिभ ग्रिन सर्टमा फोटो शेयर गरेकी थिइन् । यो लुकमा मौनी ब्रालेस देखिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij