आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिलिपिन्समा आँधीमा परि मृत्यु हुनेको संख्या ७५ पुग्यो

  • प्रकाशित मिति : आइतवार, पुस ४, २०७८



  • एजेन्सी । फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

    टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पु¥याएको बीबीसीले जनाएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पु¥याएको छ ।

    विद्युत आपुर्ती बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् । घटनास्थलमा खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालन गरिएको त्यहाको सकारले जनाएको छ । सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा उद्वारमा कठीनाइ भएको बताइएको छ ।

    टाइफुन राई अहिले पश्चिमी क्षेत्र हुँदै चीनतर्फ अझ तीब्र गतिले अघि बढ्दै गएकाले सचेत रहन अधिकारीहरुले आग्रह गरेका छन् । यो यस वर्षको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार फिलिपिन्समा हरेक वर्ष औषतमा २० वटा आँधी आउने गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij