आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा ओमिक्रोन भेरियन्ट फैलिँदै, एकैदिन १२ हजार १ सयमा संक्रमित

  • प्रकाशित मिति : सोमवार, पुस ५, २०७८



  • एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् ।

    सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ३३ जना ओमिक्रोन संक्रमित भएका हुन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कुल संक्रमितको संख्या ३७ हजार १ सय १ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

    त्यसैगरी कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८ सय ८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरूको संख्या एक करोड १३ लाख ६१ हजार ३ सय ८७ पुगेको बीबीसीले जनाएको छ ।

    यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या निकै धेरै भएको छ । संक्रमितको तुलनामा मृत्युदर भने सामान्य नै देखिएको छ ।

    पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको ज्यान गएको छ । बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २ सय १८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij