आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘मोक्ष’को लागि पूरै परिवारको विनाश, एउटै घरबाट निस्किए ५ लाश

  • प्रकाशित मिति : मङ्लबार, पुस ६, २०७८



  • काठमाडौं। भारतको हरियाणाको हिसारमा एक व्यक्तिले आफ्नी पत्नी र तीन सन्तानको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । पुलिस जाँचमा भएको खुलासा अनुसार आत्महत्या गर्ने रहेशले मोक्षा प्राप्त गर्न चाहन्थे यही कारण उनले यस्तो कदम उठाए । यो घटनापछि गाउँमा खैलाबैला भएको छ ।

    नंगथला गाउँका रमेशले आफ्नी पत्नी र तीन छोराछोरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् । पुलिसले पाँचवटै लाशलाई पोस्टमार्टमको लागि अग्रोहा मेडिकल अस्पताल पठाएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । मृतकहरु रमेशकी पत्नी सुनिता तथा १५ र १३ वर्षका २ छोरी र १० वर्षका छोरा छन् ।

    अनुसन्धानमा पुलिसले बरामद गरेको रमेशको डायरीमा लेखिएको छ ‘यो संसार बस्न लायक छैन । म यो संसारमा रहन चाहन्न तर सोच्छु कि मेरो मृत्युपछि परिवारको के हुन्छ त्यसैले मैले रातमा नै खीर पकाएँ, त्यसमा नशालु पदार्थ हालिदिएँ र यो खीर पत्नी र छोराछोरीलाई खुवाइदिएँ ।’

    पुलिसका अनुसार रातमै रमेशले कोदालोले हानेर पत्नी र छोराछोरीको हत्या गरे । त्यसपछि उनले बिजुलीको तारबाट करेन्ट लगाएर आत्महत्याको कोसिस गरे तर करेन्ट लागेन । यो प्रयास विफल भएपछि उनले कुनै गाडीअगाडि आएर आत्महत्या गरे । मृतकको अग्रोहामा पसल छ र उनी पेन्टरको काम गर्थे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij