आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विष्फोट गराउने मुख्य योजनाकार जर्मनीबाट पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, पुस १३, २०७८



  • काठमाडौं । भारतको पंजाबको लुधियाना अदालतमा भएको विष्फोटका मुख्य योजनाकार पक्राउ परेका छन् । जर्मनी पुलिसले प्रतिबन्धित संगठन सिख फर जस्टिससँग आबद्ध आतंकवादी जसविन्दर सिंह मुल्तानीलाई हिरासतमा लिएको छ । जसविंदर सिंह नै लुधियाना अदालतको विष्फोटको मुख्य योजनाकार भएको बताइएको छ । जसविंदरले दिल्ली र मुम्बइमा पनि आक्रमणको योजना बनाइरहेका थिए ।

    ४५ वर्षका जसविन्दर एसएफजेका संस्थापक गुरपतवंत सिंह पन्नुका निकट मानिन्छन् । जसविंदरमाथि कथित रुपमा पृथकतावादी गतिविधिमा संलग्न रहेको आरोप पनि छ । जसविंदरले नै सिन्धु बोर्डरमा किसान नेता बलवीर सिंह राजेवालको हत्याको योजना बनाएका थिए । यसको लागि जीवन सिंह नामका व्यक्तिलाई काम दिइएको थियो । तर, दिल्ली पुलिसको स्पेसल सेलले जीवन सिंहलाई पक्राउ गरेको थियो ।

    यही क्रममा पहिलो पटक मुल्तानीको नामको खुलासा भएको थियो । स्पेसल सेलले यसको जानकारी केन्द्रीय एजेन्सीहरुलाई दिएको थियो । जीवन सिंहको मोवाइलबाटै उनी मुल्तानीको सम्पर्कमा रहेको र मुल्तानी जर्मनीमा रहेको खुलासा भएको थियो । सूत्रका अनुसार २ दिन पहिले रअको टिम जर्मनीमा मुल्तानीको फ्ल्याटमा गएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij