आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ताइवानको दूतावास र सबै कूटनैतिक कार्यालयमा निकारागुआले कब्जा गर्‍यो

  • प्रकाशित मिति : मङ्लबार, पुस १३, २०७८



  • काठमाडौं । ताइवानसँग सबै कूटनैतिक सम्बन्ध तोडेपछि निकारागुआ सरकारले ताइवानको दूतावास र कूटनैतिक कार्यालयहरुमा कब्जा गरेको छ । निकारागुआको डेनियल ओर्टेगा सरकारले यी सबै कार्यालयहरु चीनका हुन् भनेको छ । यही महिना निकारागुआले ताइवानसँग सबै कूटनैतिक सम्बन्ध तोडेको थियो ।

    चीनले निकारागुआको यो निर्णयको स्वागत गरेको छ । ताइवानको विदेश मन्त्रालयले पनि यस विषयमा टिप्पणी गर्दै यसरी कब्जा गरिनु गैर कानुनी भएको बताएको छ । ताइवानी विदेश मन्त्रालयको तर्फबाट जारी एक बयानमा बताइएअनुसार निकारागुआको सरकारले ताइवानका अधिकारीहरुलाई एक महिनाभित्र देश छाड्न भनेको थियो र सोहीअनुसार ताइवानले आफ्नो दूतावास मनागुआ आर्चडायसिसलाई १ डलरमा बेचेको थियो ।

    ताइवानले निकारागुआका जनताको सदभावका लागि आफूले आफ्नो दूतावास १ डलरमा बेचेको भए पनि निकारागुआ सरकारले यो सम्पत्ति कब्जा गरेको बताएको छ । ताइवानको विदेश मन्त्रालयले अब निकारागुआ सरकारले कब्जा गरिएको यो सम्पत्ति चीनलाई दिने बताएको छ । निकारागुआ सरकारले भने यो भवन चीनकै भएकोले ताइवानले यसलाई दान दिनु अवैध भएको बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij