प्रकाशित मिति : शनिबार, पुस १७, २०७८
कावासोती, १६ पुस । नवलपुरको मध्यबिन्दु-१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट मध्यबिन्दु-१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।
बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij