आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्क्यो

  • प्रकाशित मिति : बुधबार, पुस २१, २०७८



  • काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन्। त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएसनको आज कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारणसभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाए ।

    उनीहरुले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए । त्रिविका पूर्वविद्यार्थीको सङ्गठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij