प्रकाशित मिति : शनिबार, पुस २४, २०७८
निलम ओली,दाङ।
नेपाल ज्योतिष परिषद्को २४औँ स्थापना दिवसको अबसरमा नेपाल ज्योतिष परिषर् जिल्ला कार्यसमिति दाङले दाङको बेलझुण्डीमा कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ज्योतिष परिषद जिल्ला अध्यक्ष उप प्राध्यापक कपिल देव सुबेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेस समिति सदस्य माधवा शर्माको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर भीम खतिवडाले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल ज्योतिष परिषद् तुलसीपुर नगर कमिटीका अध्यक्ष ठाकुर देवकोटा,नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य केशव गौतम, नेपाल ज्योतिष परिषद् केन्द्रीय सचिव सह प्रा डा अर्जुनप्रसाद भट्टराई , ने सं वि विश्वविद्यालय विद्यापीठका प्राचार्य सहप्रा उदयराज सुवेदी, प्रमुख अतिथि प्रा डा भीम खतिवडाले मन्तव्य दिनु भयो ।
कार्यक्रमको सहजिकरण सचिव अर्जुनकुमार अचार्यले गर्नु भएको थियो ।
तिन खण्डमा विभाजित कार्यक्रमको दोस्रो सत्रका वास्तुशास्त्र, फलादेश तथा पञ्चाङ्ग विषयमा केशव गौतम, मेधराज आचार्य तथा कपिलदेव सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको तेस्रो सत्रमा कार्यक्रममा उपस्थित १० जना सहभागीले रक्तदान गर्नु भयो ।
कार्यक्रम नेपाल संस्कृत विश्वविद्यालय विद्याठको सभाहलमा भएको जिल्ला अध्यक्ष कपिल देव सुबेदीले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij