आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपचार गर्न जान लाग्दा जेलमा हालिएकी राजकुमारी ३ वर्षपछि रिहा

  • प्रकाशित मिति : आइतवार, पुस २५, २०७८



  • काठमाडौं। साउदी अरेबियाकी राजकुमारी र उनकी छोरीलाई करिब ३ वर्षसम्म अति सुरक्षित जेलमा राखेपछि अन्ततः रिहा गरिएको छ । उनको रिहाइको लागि अभियान चलाउनेहरुले यसको पुष्टि गरेका छन् । राजकुमारी बसमा बिंत ससउदलाई मार्च २०१९ मा त्यतिबेला हिरासतमा लिइएको थियो जतिबेला उनी उपचारको लागि स्विट्जरल्याण्ड जाने तयारी गरिरहेकी थिइन् ।

    उनलाई जेलमा हाल्नुको कारण बताइएको थिएन । उनी र उनकी छोरी सुहूदमाथि कुनै पनि अपराधको कुनै मुद्दा सुरु गरिएको थिएन । सम्भवतः राजकुमारीले मानवीय मुद्दा र संवैधानिक सुधारको पक्षमा वकालत गरेका कारण उनलाई गिरफ्तार गरिएको हुन सक्ने धेरैले अनुमान गरेका थिए । समाचार एजेन्सी एएफपीका अनुसार उनको परिवारले संयुक्त राष्ट्रसंघलाई २०२० मा एक लिखित बयानमा उनले कैयौं पटक त्यहाँको सत्ताको आलोचना गरेका कारण यस्तो गरिएको आशंका भएको बताएको थियो ।

     

    उनका समर्थकहरुले उनको पूर्व क्राउन प्रिन्स मोहम्मद बिन नायेफसँग नजिकको सम्बन्धका कारण उनलाई हिरासतमा राखिएको दावी गरेका छन् । केही रिपोर्टमा नायेक अहिले पनि नजरबन्दमा रहेको बताइएको छ । साउदी अरबमा मानवअधिकारको लागि काम गर्ने समूह एएलक्युएसटी फर ह्युमन राइट्सले उनको रिहाइको घोषणा ट्वीटरमार्फत गरेको छ ।

    समुहले ट्वीटरमा लेखेअनुसार राजधानी बाहिर अल हैर जेलमा हिरासतको क्रममा उनलाई उपचार दिन अस्वीकार गरिएको थियो जबकि उनको ज्यान खतरामा थियो । गत वर्ष अप्रिलमा ५७ वर्षकी राजकुमारीले साउदी किंग सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग आफ्नो रिहाइको लागि आग्रह गरेकी थिइन् । उनले आफूले केही गलत नगरेको र आफ्नो स्वास्थ्य लगातार खराब हुँदै गइरहेको बताउँदै रिहाइको अपिल गरेकी थिइन् ।

    उनलाई २०१९ मा हिरासतमा लिइँदा उनी के समस्याको उपचार गर्न जाँदै थिइन् भन्ने कुरा पनि स्पष्ट छैन । राजकुमारी बसमा किंग सउदकी कान्छी छोरी हुन् । किंग सउदले १९५३ देखि १९६४ सम्म साउदी अरेबियामा शासन गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij