आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस २६, २०७८



  • न्युयोर्क। अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ बालबालिका छन्। आगलागीमा दर्जनौं घाइते भएका छन्। आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ। १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो।

    ‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। आगलागीका घाईतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने। आगलागीमा कम्तिमा ६३जना घाईते भएका छन्।

    आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए। आगो लागेपछि भवनभित्र फँसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो।

    आगलागीको कारण खुलेको छैन्। सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij