आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

झारफुकको नाममा दिइएको यातनाले राजधानीमै १४ वर्षीया बालिकाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस २६, २०७८



  • काठमाडौं । झारफुकका क्रममा दिएको शारीरिक यातनाका कारण संघीय राजधानी काठमाडौंमै एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । प्रहरीले झारफुकमा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ ।

    रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक केन्द्रमा अचेत फेला परेकी थिइन् । त्यसलगत्तै उनलाई परिवारले उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगेको थियो । मृतक बालिकाका मामा धनबहादुर श्रेष्ठका अनुसार चिकित्सकले चार घन्टाअघि नै रोशनीको मृत्यु भएको बताएका थिए ।

    ‘भान्जी बेहोस भएको खबर पाउनासाथ बहिनी (रोशनीकी आमा) सहित परिवारका सदस्य शनिबार माताकहाँ पुगे । बेहोस अवस्थामा भेटिएकी भान्जीलाई उपचारका लागि अस्पताल लगियो । डाक्टरले चार घन्टाअघि नै भान्जीको मृत्यु भएको जानकारी दिए,’ धनबहादुरले नयाँ पत्रिकासँग भने ।धनबहादुरका अनुसार मृतक रोशनीको शरीरभरि नीलडाम छ । खुट्टा, पिँडुला र तिघ्रामा त्रिशूलले रोपेका प्वाल छन् । टाउको र अनुहारमा पनि नीलडाम छन् । ‘भान्जीको शव हेरेँ । शरीरभरि नीलडाम छ । एकै ठाउँ तीन–तीनवटा त्रिशूलका प्वाल छन् । अनुहार, टाउको, ढाड, पिँडुला, नितम्ब सबै ठाउँ चोटले भरिएका छन्,’ उनले भने ।

    प्रहरीले पनि बालिकाको ढाड, खुट्टा र पिँडुलामा घाउ भएको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले झारफुककै क्रममा बालिकाको मृत्यु भएको हुन सक्ने बताए । ‘बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ,’ उनले भने ।

    नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij