आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुम्बन प्रकरणमा नायिका सिल्पालाई सफाई

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७८



  • एजेन्सी । हलिउडका कलाकार रिचर्ड गेरेले चुम्बन गरेको प्रकरणमा बलिउड नायिक शिल्पा शेट्टीले सफाइ पाएकी छिन ।

    भारतीय संचारमाध्यमका अनुसार उनले १५ वर्षपछि मुम्बइको एक अदालतबाट मंगलबार सो प्रकरणमा सफाई पाएकी हुन् । सन् २००७ मा शिल्पा राजस्थानमा भएको एक कार्यक्रममा सहभागी भएकी थिइन,जहाँ हलिउड स्टार रिचर्ड गेरे पनि उपस्थित थिए । उक्त कार्यक्रममा रिचर्डले शिल्पालाई सार्वजनिक रुपमा चुम्बन गरेका थिए । त्यसपछि शिल्पा र रिचर्ड विरुद्ध सार्वजनिक रुपमा अश्लिलता र अभद्रता देखाएको भन्दै राजस्थानको मुन्डावरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीमा उजुरी दर्ता भएको थियो ।

    शिल्पामाथि रिचर्डले सार्वजनिक स्थानमा चुम्बन गर्दा विरोध नजनाएको भन्ने आरोप लागेको थियो । शिल्पाले पनि आफ्ना वकिल मार्फत रिचर्डले गरेको चुम्बनको विरोध नगरेको कारण यसको मतलब म कुनै षड्यन्त्र वा अपराधमा सहभागी भएँ भन्ने होइन भन्दै उजुरी दिएकी थिइन । उजुरी पछि भारतीय सर्वाेच्च अदालतसम्म पुगेको थियो । तर सन् २०१७ मा सर्वोच्च अदालतले सो मुद्दालाई मुम्बईमा स्थानान्तरण गरेको थियो ।

    १५ वर्षपछि मुम्बई अदालतले शिल्पालाई अश्लीलता र अभद्रता जस्ता आरोपबाट सफाइ दिएको हो । भारतीय संचार माध्यमका अनुसार प्रहरी प्रतिवेदन र कागजातलाई ध्यानमा राख्दै मुम्बइ अदालतले शिल्पामाथि लागेको आरोप निराधार भएको भन्दै उनलाई न्याय दिएको हो । त्यस प्रकरणमा शिल्पाको कुनै दोष नभएको अदालतको ठहर छ । अदालतको यो निर्णयसँगै शिल्पालाई राहत मिलेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij