प्रकाशित मिति : शनिबार, माघ १५, २०७८
झापा, १५ माघ । झापाको कनकाई नगरपालिकामा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ ।
कनकाई नगरपालिका-७ दुर्गापुरमा शनिवार बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै दुई वर्षीय छोरी आरुची दुलालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुलालको मे १ त ७५९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij